मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने उम्मेदवार थापाको प्रतिबद्धता
पाेखरा | कात्तिक ३०, २०७९
पोखराः गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् ।
उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायी माथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ ।
उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए । गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ ।
कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतकंले व्यवसायी आत्महत्या गर्न सक्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए ।
थापाले आफु विजयी भएमा प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले नीजि क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवम् गन्तव्यहरुको प्रवद्र्धन गर्न योजना अघि सार्ने बताए ।
यस्तै थापाले भूमिहिन नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्थापनमा जोड दिने समेत बताए । ‘कतिपय भूमिहिन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको छ र बाँकी रहेको भूमिहिनहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु’ ,थापाले भने । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) का प्रत्येक्ष उम्मेदवार हुन् ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

